Jump to content
Sign in to follow this  
RajaR

Kaha cha shanti?

Recommended Posts

काहाँ छ शान्‍ति ?

 

निसासिएको त्‍यो हिमालको बादलहरुमा

सिमसिमे पानिका चिसा-चिसा बुँदहरुमा

आँसुसंग बग्‍ने ति शुन्‍य हाँसोहरुमा

मरेर गएका ति स्‍वच्‍छ आत्‍माहरुमा

बाँचेर पनि केहि गर्न नसकेका मनुस्‍यहरुमा

भौतारिरहेका यात्रिहरुका लक्ष्‍य बिहिन बाटोहरुमा

संगित र नृत्‍य बहिरो भई गुन्‍जिएको श्रृङखलाहरुमा

केवल दुखि र अशहायहरुको आवाज मात्र छ यहाँ

काहाँ छ शान्‍ति ?

जता फकै पानि देखिन्‍छ अशान्‍ति घर-घरहरुमा

 

पाहाडको त्‍यो मुलबाट निस्‍केको तातो पानिमा

बढिले पहिरोसंग भत्‍काएका सडकहरुमा

सम्‍झेर पनि बिर्सिएको त्‍यो गाउँको मायामा

मानिसका लडाईहरुको ति चित्‍कारहरुमा

मृत्‍युन्‍जय कराईरहेका गंगाजिका तिरहरुमा

केवल बाँच्‍ने तृष्‍णा छट्‌पटिरहेछ बिच-बिचमा

काहाँ छ शान्‍ति ?

जता जाउँ भेटिन्‍छ यो अशान्‍ति गाउँ- गाउँहरुमा

 

गोलिले पारेका ति काहालि लाग्‍दा घाउहरुमा

घनघोर भोकमारि बाट मरेका ति लासहरुमा

प्रियसिले दिएका ति पिडित चोटहरुमा

प्रेममा पागल भएका प्रेमिहरुको आत्‍मामा

फूल्‍नै नसकि झरेका ति फूलका कोपिलाहरुमा

केवल विना हावा झरिरहेछ रुखका पातहरु यहाँ

काहाँ छ शान्‍ति ?

जता जाउँ भेटिन्‍छ यो अशान्‍ति शहर-शहरहरुमा...

 

राजा आर.

२४ जनवरि ०६

Share this post


Link to post
Share on other sites

Shanti eloped with Bikash some years back. there is no hearing of these two characters in nepal in last one decade.

 

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.