Devchan 0 Report post Posted August 1, 2005 ए! भूलका चक्कीहरु पिएर यथार्थका तस्वीरहरु मेटाउन खोज्नेहरु हो ! सुन तिमीहरु , अब तिमीहरुले भुलका साधन होइन, यथार्थका फूलहरु रोप्नुपर्छ । यथार्थका फुलहरु भलै सुन्दर होओइनन् तथापि यथार्थ तीखो ओखतीजस्तो ध्रुव सत्य हो , यथार्थ जुन-ताराझैँ सृष्टिका अन्तिम अस्तित्व हुन । ऊ हेर ! यथार्थका चक्रहरु इतिहासका पाना पल्टाउदै छन् पत्र-पत्र खोतल्दै समकालीन परिभाषा कोर्दै छन् । भो अब ! आदर्श हामीले धेरै पढ्यौ तर यथार्थलाई रक्षानमा मिल्कायौ । त्यसैले , सूर्यकिरणमा शीतलव बिलाएझै घोसोमुन्टो लगाएर मातृ-आँचलमा लुक्नेहरु हो ! आऊ, हामी सबै मिलेर आज, मन्दिरहरुको देशमा अब ईश्वर खोजौ , जलमयी भूमीमा स्वच्छ पिउने पानी खोजै । हामी, बासस्थान होइन , घर-परिवार बनाऔ कंकालको शान्ति हिइन, प्रकृतिको शालीनता खोजौ शुत्र होइन, समाधान खोजौ । ए दिग्विजयका सन्तानहरु हो , बुझ्यै तिमीहरुले, आदर्शको पुन्जले भरीपूर्ण देशमा अब, हामी यथार्थलाई बुझौ, अब हामी, यथार्थको अजम्मरी फूल रोपौ । Quote Share this post Link to post Share on other sites
Thank You! 0 Report post Posted August 4, 2005 4 members already said Thank You! for your outstanding contribution to WNSO! >newapasa, >mild melody, >Himal Rai, >Divyani Shah Quote Share this post Link to post Share on other sites
narayan_thapa007 0 Report post Posted August 9, 2005 WOW DEVCHAN JII SARAI NAI RAMRO.... Lekhi dinu bhayo ni.. Quote Share this post Link to post Share on other sites
Nightmare 0 Report post Posted August 11, 2005 Really meaningful and inciting to quest for the impending truth ... I hope u shall contribute such outstanding poems to WNSO onwards....... Quote Share this post Link to post Share on other sites
ashis 0 Report post Posted August 11, 2005 Sarai Marmik chha Hai Quote Share this post Link to post Share on other sites