Yadav 0 Report post Posted June 26, 2019 झन्झट भिसाको - यादव भट्टराई 'विश्वविद्यालयमा भर्ना पाउनुभन्दा पनि भिसाको निकै ठूलो डर थियो ।' बेलायतको एक प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने भिसा प्राप्तभएपछि एक नेपाली विद्यार्थीले आफ्नो मनको कुरा फेसबुकमार्फत यसरी ब्यक्त गरे । संसारकै प्रतिष्ठित मानिने विश्वविद्यालयमा भर्ना पाएकाती विद्यार्थीले समेत भिसालाई एउटा जटिल प्रक्रियाका रूपमा चित्रण गरेबाट थाहा हुन्छ, भिसा हरेक विद्यार्थीको उच्च प्राथमिकतामा पर्छ । विदेश अध्ययन गर्न जाने अधिकांश नेपाली विद्यार्थीले भिसाको सम्भाव्यताअनुसार आफू जाने देश र विषय छनौट गर्ने एक सर्वेक्षणले देखाएको छ। काठमाडौंका करिब दुई दर्जन एजुकेसनल कन्सल्टेन्सीमा गरिएको एक सर्वेक्षणअनुसार उनीहरूकहाँ परामर्शका लागि पहिलो पटक आउने करिब९० प्रतिशत विद्यार्थीको पहिलो जिज्ञासा भिसासम्बन्धी हुन्छ ।किन नेपाली विद्यार्थीहरू भिसालाई यति महत्त्व दिन्छन् ? उत्तर सहज छ, किनभने नेपालजस्ता गरिब देशका जनताले विकसित मुलुकको भिसाप्राप्त गर्न छनौटका धेरै कठिन चरण पार गर्नुपर्ने हुन्छ । लक्षित र जायज व्यक्तिले भिसा पाउनुपर्छ र पाइरहेका पनि छन्, तर जब विदेशी भूमिमाकसैले भिसाको दुरुपयोग गर्छन् र भिसा प्राप्त गर्न दूतावासमा नक्कली कागजात बुझाउँछन्, अनि दूतावासहरूले त्यस्ता गलत नियत भएकाव्यक्तिले भिसा नपाउन् भनेर भिसामा कडाइ गर्छन् । विभिन्न देशका दूतावासहरूले बेलाबखतमा झूटा कागजात पेस नगर्न आग्रह गर्दै सूचनाप्रकाशित गरिरहन्छन् ।काठमाडौंस्थित 'द युनाइटेड स्टेट्स एजुकेसनल फाउन्डेसन (युसेफ-नेपाल) द्वारा आयोजित एक कार्यक्रममा आई ट्वान्टी (अफर लेटर) तथाभिसा ग्यारेन्टी भन्दै विद्यार्थीहरूलाई दिग्भ्रमित पार्नेहरूका पछाडि नलाग्न नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको थियो । अमेरिकी दूतावासलेअमेरिका छिर्ने नियतले यदि जानाजान झूटा कागजात पेस गरेको पाइए अमेरिका जान आजीवन प्रतिबन्ध लाग्न सक्नेसम्मको व्यवस्था भएकालेझूटा कागजात पेस नगर्न बेलाबखत सचेत गराउँदै आएको छ । दिल्लीस्थित अस्ट्रेलियन हाई कमिसन तथा युके बोर्डर एजेन्सीले पनि झूटा कागजात पेस गर्नु गम्भीर अपराध भएकाले त्यस्ता विवरण पेस नगर्नविद्यार्थीहरूलाई सजग गराउने गरेका छन् । काठमाडौंस्थित फिनल्यान्ड दूतावासको वेबसाइटमा भिसा, भर्ना, जागिर, आवासीय परमिटमिलाइदिन्छु भन्दै ठगी गर्ने गिरोहहरूसँग सजग रहन नेपाली विद्यार्थीहरूलाई सचेत गराइएको सूचना प्रकाशित गरिएको छ, जसले भिसाका लागिझूटा कागज पेस गर्छन् ती विद्यार्थी त भिसाका लागि अयोग्य हुन्छन् नै, साथै राम्रो शिक्षाका लागि विदेश जान खोज्ने इमान्दार र मेहनतीविद्यार्थीको समेत भिसा प्रक्रियामा समस्या खडा गरी दिन्छन् । गलत परामर्शले गर्दा पनि नेपालमा कतिपय भिसा रिजेक्सन हुने गरेका छन् । परामर्शदाताहरूले व्यक्तिको पृष्ठभूमि, क्षमता र वास्तविकस्वरूपलाई चित्रण गर्ने कागजात तयार गर्न सहयोग गर्नुभन्दा परम्परागत शैलीको भिसा चेक लिस्टमा आधारित भएर कागजात तयार पारिदिँदाभिसा आवेदन अस्वीकृत हुन्छ । प्राइभेट एजुकेसनल कन्सल्टेन्सीहरूको भर पर्नु हुँदैन, भिसासम्बन्धी सम्पूर्ण जानकारी आफू जान चाहेकोसम्बन्धित देशको एम्बेसीहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ ।नेपालमा भिसाका लागि भनेपछि जसले जस्तोसुकै कागजात पनि तयार गरिदिने संस्कृति छ। जस्तो भिसाका लागि हो भने घरजग्गामूल्याङ्कनमा इन्जिनियरले बढी नै मूल्याङ्कन गरेर भ्यालुएसन रिपोर्ट तयार पारिदिन्छन् । कम्पनी तथा व्यवसायीहरूले वास्तविकभन्दा धेरैसमय र तलब देखाएर कार्य अनुभवपत्र तयार पारिदिन्छन् । भिसा दलालहरूले आवश्यकताअनुसार सरकारी निकायका कागजातसमेत तयारपारिदिन्छन् । कतिपय अवस्थामा त दलालहरूले भिसाका लागि मात्र प्रयोग हुने भन्दै एकेडेमिक सर्टिफिकेट लगायत बैंक तथा वित्तीय संस्थाकाकागजातसमेत तयार गरी दिन्छन् । राजदूतावासहरूमा यस्ता नक्कली कागजात अर्थात् झूटा विवरण पेस गर्नेहरूका विरुद्ध नेपालकै प्रचलितकानुनअनुसार कारबाही गर्ने परिपाटी एकदमै कम छ, जसले गर्दा पनि यस्ता दलालहरूको सक्रियता कम भएको छैन । यस्ता झूटा कागजातहरू नैभिसा आवेदन अस्वीकृत हुनुको प्रमुख कारण हुन्छन् भन्ने धेरैले बुझेका छैनन् । भिसा प्राप्त गर्न नियतवश झूटा कागजात पेस गर्नु सबैभन्दा ठूलोमूर्खता हो । राजदूतावासहरूले यस्ता आवेदकहरूलाई आजीवन आफ्नो देश जान नपाउने गरी प्रतिबन्ध समेत लगाउन सक्छन् । झूटा कागजात पेसगर्नु गैरकानुनी काम हो । उनीहरूलाई नेपालकै प्रचलित कानुनअनुसार पनि कारबाही हुनसक्छ । आप्रवाससम्बन्धी हरेक देशका आ-आफ्नै किसिमका नियम-कानुनहरू हुन्छन् । तिनै नियमको परिधिमा रहेर दूतावासहरूले भिसाको निर्णय गर्छन्। कतिपय अवस्थामा लिखित नियम-कानुनको परिधिमा बाँधिएर काम गर्नुपर्दा कानुनमा उल्लेखित मापदण्डअनुसार पूरा गर्नुपर्ने प्रक्रियाहरूप्रमाणित हिसाबले पूरा नहुँदा उच्च पदस्थ व्यक्तिहरूको पनि भिसा आवेदन अस्वीकृत भएको पाइन्छ । राम्रा विद्यार्थीले पनि आफ्ना कुरा स्पष्टव्यक्त गर्न नसक्दा अथवा पुष्टि हुने खालका कागजात पेस नभएमा उनीहरूको भिसा अस्वीकृत हुनसक्छ । राजदूतावासहरूको भिसा शाखामा प्राय: अनुभवी व्यक्तिहरू हुन्छन्, जसले अन्तर्वार्ताबाट आवेदकको मनोविज्ञान सजिलै बुझ्छन् । कागजातहरूसत्य-तथ्य छन् कि छैनन् भन्ने कुरा सजिलै थाहा पाउँछन् । गलत नियतबाट विदेश जान खोजेको रहेछ भने त्यो कुरा उनीहरू सजिलै पत्तालगाउँछन् । व्यक्तिको हाउभाव, प्रस्तुति, शैली, मनोभाव तथा उसको व्यक्तित्व हेरेर भिसा अफिसरले आवेदकको पृष्ठभूमि, वास्तविक क्षमता,अनुभव, नियत र आधिकारिकता पत्ता लगाउन सक्छन् । भिसा शाखामा हरेक दिन कैयौं निवेदन आउँछन् । हरेक दिन कैयौं निवेदनको अध्ययनर प्रमाणीकरण गर्दा-गर्दा कर्मचारीहरू निखारिएका हुन्छन् । वास्तविक र योग्य आवेदक पहिचान गर्न उनीहरूलाई कुनै समस्या पर्दैन ।राजदूतावासको आँखामा छारो हाल्छु भन्ने नियतले आफूसँग असम्बन्धित कागजात पेस गर्नु, अनावश्यक गफ दिनु, प्रसंगबाहिरका कुरा गर्नुर्हुँदैन । आफू जे हो त्यही रूपमा नितान्त इमान्दार रूपमा प्रस्तुत हुनुपर्छ ।विद्यार्थी भिसा अप्लाई गर्दा राजदूतावासहरूले विद्यार्थी साँच्चिकै पढ्नकै लागि जान लागेको हो भन्ने कुराको प्रमाण खोज्छन् । पढ्न जाने निउँमाअन्य प्रयोजनका लागि जान खोजेको रहेछ भने उनीहरूको भिसा अस्वीकृत हुन्छ । साँच्चिकै उच्च शिक्षा हासिल गर्छ भन्ने आधारका रूपमाउनीहरू विद्यार्थीको शैक्षिक क्षमता राम्रोसँग नियाल्छन् । यदि अंग्रेजी भाषामा पढिने कोर्स रहेछ भने अङ्ग्रेजीमा दख्खल भएको प्रमाण पनिखोजिन्छ । जस्तै टोफल, आईईएलटीएस, जीआरई । विद्यार्थीको विगतको विषयसँग रोजेको विषयको तालमेल कस्तो छ त्यो पनि हेरिन्छ । यदिविषय परिवर्तन गरिएको छ भने परिवर्तन गरिनुका स्पष्ट कारण खोजिन्छ । पढाइ सकेपछि कुनै पेसामा संलग्न छ वा पढाइमा ग्याप छ भन्नेकुराको राम्रोसँग विश्लेषण गर्छन् । राम्रो पढ्ने विद्यार्थी हो र विदेश गएर राम्रोसँग पढ्छ भन्ने आधारहरू पाएपछि मात्र भिसा उपलब्ध गराइन्छ ।यसमा विद्यार्थीहरूको प्रस्तावपत्र र त्यसलाई समर्थन गर्ने पत्रले पनि ठूलो महत्व राख्छ ।त्यो देश किन जाने ? त्यो विषय किन पढ्ने ? त्यो विश्वविद्यालय किन छनौट गरेको, भावी योजनाहरू के छन् जस्ता कुरामा विद्यार्थीहरू प्रस्टहुनुपर्छ । आफू साँच्चिकै अध्ययन गर्न जान लागेको असल विद्यार्थी हुँ भन्ने कुरामा भिसा अधिकृतलाई आश्वस्त पार्नुपर्छ । आफू त्यो देशमा पढ्नयोग्य भएको र उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले मात्र आफू त्यहाँ जान खोजेको हो भन्ने प्रमाण पेस गर्नुपर्छ । आफू अस्थायी बसोबासका लागि मात्र त्यो देशमा जान चाहेको र आफ्नो पढाइ सकेपछि आफ्नै देश र्फकन्छु भन्ने कुरामा भिसा अधिकृतलाईआश्वस्त तुल्याउनु पर्छ । यसको अर्थ कुनै पनि विद्यार्थीले आप्रवासी हैसियत दाबी नगरोस् भन्ने हो । आफ्नो पढाइ सकेपछि नेपाल र्फकन्छु भन्नेकुराको गतिलो प्रमाण भिसाका लागि चाहिने महत्त्वपूर्ण पक्ष हो । यसका लागि राजदूताबासहरूले विद्यार्थीको आफ्नो देशसँगको सम्बन्ध खोतल्नेप्रयास गर्छन् । आफूसँग यस्ता सामाजिक, आर्थिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धहरू छन् जसले नेपाल र्फकन बाध्य पार्छन् भन्ने कुरामाभिसा अधिकृतलाई विश्वस्त पार्नुपर्छ । जस्तै, नेपालमा परिवार, श्रीमती, छोराछोरी छन् भने र्फकने आधार बलियो देखिन्छ, परिवारको नेपालमाव्यवसाय/कारोबार/व्यापार प्रशस्त छ भने तपाइर्ं र्फकनुहुन्छ भन्ने आधार बन्न सक्छ । आफू तथा आफ्नो परिवारको घरजग्गा, गाडी, उद्योग- कलकारखाना प्रशस्त छ भने तपाईं र्फकनुहुन्छ भन्ने आधार हुन्छ । नेपालमा राम्रो सामाजिक हैसियत छ वा करियर नेपालमै छ भन्ने देखिन्छभने पनि त्यो अर्को एउटा आधार हुन्छ । यस्ता धेरै आधार मिल्यो भने मात्र भिसा प्राप्त गर्न सकिन्छ । आर्थिक क्षमता अर्को महत्त्वपूर्ण पक्ष हो । पढाइ, खाने-बस्ने जस्ता अन्य खर्च गर्न सक्ने क्षमता छ भन्ने कुरामा दूतावासलाई आश्वस्त तुल्याउनसक्नुपर्छ । विदेशमा हुने महँगो खर्च धान्न सक्ने हैसियत आफूमा छ भन्ने विश्वासिलो आधार प्रस्तुत गर्नुपर्छ । छात्रवृत्ति वा कसैले आर्थिकभरोसा दिएको छ भने उक्त रकम विद्यार्थीको पहुँचमा छ र आवश्यकताअनुसार विद्यार्थीले खर्च गर्न सक्छ भन्ने कुरामा राजदूतावासलाईआश्वस्त बनाउन सक्नुपर्छ । आम्दानीको स्रोत खुल्ने कागजातहरू प्रस्तुत गर्नुपर्छ र यस्ता स्रोत यथार्थपरक र पत्यारिलो हुनुपर्छ । [31 OCT 2014 को कान्तिपुर "साप्ताहिक " मा प्रकाशित : http://www.ekantipur.com/saptahik/article/?id=15630] Quote Share this post Link to post Share on other sites