Jump to content
Yadav

किन सारिदैंछन् नेपालबाट भकाभक भिसा सेक्सन नयाँदिल्ली?

Recommended Posts

भारतको भिसा राजनीति, किन सारिदैंछन् नेपालबाट भकाभक भिसा सेक्सन नयाँदिल्ली?
 
यादव प्रसाद भट्टराई
 
अस्ट्रेलिया तथा क्यानाडाले धेरै पहिलेदेखि नै नेपालीको भिसा प्रक्रिया दिल्लीस्थित हाई कमिसनबाट गरिरहेका छन् । नेपालको सबैभन्दा पुरानो कुटनैतिक मित्रराष्ट्र बेलायतले नेपालमै पूर्वाधार सम्पन्न दूतावास हुँदाहुँदैं पनि आफ्नो भिसा शाखा नेपालबाट हटाई दिल्ली सा¥यो । फ्रान्सले पनि नेपालमा भएको आफ्नो भिसा शाखा बन्द ग¥यो । मेक्सिको तथा पोर्चुगल, स्पेनलगायत अन्य धेरै यूरोपियन मुलुकहरुको भिसा प्रक्रियाको लागि नेपालीहरु दिल्ली नै धाउनुपर्ने अवस्था छ । अब डेनमार्क तथा जर्मनीलगायतले पनि नेपालमा रहेको आफ्नो भिसा शाखा बन्द गरेर दिल्लीमा रहेको आफ्नो हाई कमिसन वा एम्बेसीबाट नै नेपालीलाई भिसा दिने नियम लगाए भने पनि अचम्म नमाने हुन्छ । 
 
यी घटनाक्रमहरुले स्पष्ट के देखाउँछन् भने पश्चिमा राष्ट्रहरुको प्राथमिकतामा नेपाल पर्न सकेको छैन । भारतले नेपालमाथि थोपरेको अमानवीय नाकाबन्दीको विरोध कुनै पनि विकसित राष्ट्रहरुले खुलेर गर्न नसक्नु वा नगर्नुले एकातिर अन्तर्राष्ट्रिय जगतले नेपाललाई बेवास्ता गरेको प्रस्ट देखिन्छ भने भने अर्कोतिर यूरोप, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले भारतलाई दिएको उच्च प्राथमिकताबाट नेपाल छायाँमा परेको आभास हुन्छ । 
 
नेपाललाई विश्व समुदायबाट अलग्याउने भारतीय रणनीति अनुरुप नै यस्तो भइरहेको त छैन् भन्ने गम्भीर आशंका पनि यसले उब्जाइदिएको छ । पश्चिमाहरुको सम्बन्ध भारतसँग जति—जति सुमधुर हुँदै जान्छ, नेपालसँगको सम्बन्ध र सक्रियता त्यति–त्यति नै घट्दै जानुलाई भारतीय षड्यन्त्रसँग जोडेर हेर्न थालिएको छ । 
 
उदाहरणको लागि नेपालमा नाकाबन्दी गरेकै अवस्थामा बेलायत भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री डेबिड क्यामरुनद्वारा जारी गरिएको संयुक्त वक्तब्यमा नेपालको विषयमा कुरा उठाइयो । यसैगरी, बेल्जियमको ब्रसेल्समा सम्पन्न भारत–इयू (युरोपियन युनियन) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा पनि नेपालको आन्तरिक मामिलामा चर्चा गरिएको छ । यसबाट नेपालले भोग्ने कुट्नीतिक, राजनीतिक र आर्थिक लाभहानीको त छुट्टै लेखाजोखा होला । तर, अहिले यो लेखमा भने भिसाको बारेमा चर्चा गर्न खोजिएको छ ।
 
नेपालमा भएका भिसा शाखाहरु बन्द भई भिसा प्रकिया नेपालीको लागि झन्झटिलो र जटिल बन्दै गर्दा नेपाली समुदायबीच यो मुद्धाले जबर्जस्त प्रवेश पाएको छ । नेपालीहरुले अस्ट्रेलियाको भिसा पाउन धेरै झन्झट बेहोर्नु परेकोले नेपालबाटै अस्ट्रेलियन भिसा दिने व्यवस्था गर्न अस्ट्रेलियन अधिकारीहरुसँग गैरआवासीय नेपालीहरुले आग्रह गरेको समाचार पनि केही समय पहिले आएको थियो । अहिले अस्ट्रेलियामा चुनावी सरगर्मी चल्दैं गर्दा त्यहाँका नेपालीहरुले घरमा आउने हरेक नेताहरुलाई पनि अध्यागम विभाग नेपालमै स्थापना गर्न माग गरिरहेका छन् । 
 
नेपालीलाई दिल्लीबाट भिसा जारी गर्दा के अस्ट्रेलियालगायतका पश्चिमा देशहरुको भिसा नीति मै फरक पर्ने हो त ? भिसा प्रक्रिया झन्झटिलो हुने र समय धेरै लाग्नेबाहेक नीतिगत रुपमै नेपालप्रतिको भिसा नीतिमा फरक अवश्य पनि नहोला । तर, नेपालीलाई भिसा दिने केन्द्रहरु भारतमा हुनु चाहिँ नेपाल र नेपालको लागि राम्रो होइन । नेपालप्रति भारतको दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको कुरा कतै लुकेको छैन् । अस्ट्रेलिया तथा पश्चिमा देशहरुका दिल्लीस्थित हाई कमिसन र दूतावासहरुमा धेरै भारतीय कर्मचारीहरु कार्यरत छन् । भारतीय तथा भारतीय मुलका कर्मचारीहरुले पनि त्यही हेपाहा प्रवृत्ति नेपाल र नेपाली भिसा आवेदकप्रति देखाउन थाले भने चाहिँ नेपालीले झन बढी झन्झट ब्यहोर्नुपर्ने देखिन्छ । 
 

विशेषगरी बेलायत, अष्ट्रेलिया र क्यानाडाको भिसा आवेदन दिने नेपालीहरुलाई ती देशका दिल्लीस्थित हाई कमिसनमा कार्यरत भारतीय वा भारतीय मुलका कर्मचारीहरुले नियतबस दुःख दिने गरेको र भेदभाव गरेको गुनासोहरु धेरै सुनिने गरेको छ । हुन त, भिसा भनेको सम्बन्धित देशको निजी मामला भएकोले अरुले धेरै टिप्पणी गर्नु त्यति उचित मानिदैंन तर, पनि नेपालले विकसित देशहरुसँग कुट्नीतिक सम्बन्धलाई फराकिलो बनाउँदै ती देशका भिसा शाखाहरु नेपालमा नै सञ्चालन गराउन पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

यतिमात्र होइन, भिसा लागिसकेपछि पनि नेपालीहरुले सास्ती माथि सास्ती खेप्नु परेको तथ्य कतै लुकेको छैन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विशेष गरी यूरोप, अष्ट्रेलिया र अमेरिका जाने नेपालीहरुले एअरपोर्ट मै निकै झमेला बेहोर्नु परिरहेको छ । भारतीय विमान कम्पनीहरुका कर्मचारीहरुले अत्यन्तै हेपाहा तरिकाले गर्ने प्रश्न, अनावश्यक रुपमा गरिने खोजी नीति, कति पैसा बोकेको छ ? भनेर छामछुम गर्ने लगायतका हर्कत गरेर नेपालीहरुलाई दुःख दिनकै लागि नियतवश गरिने काम हुन । 
 

सुरक्षा तथा मानव तस्करी लगायतका कारणले एयरपोर्टहरु संवेदनशील हुनु स्वभाविक भएपनि दिल्ली एयरपोर्टमा भने नेपालीहरुलाई हेप्ने नै मनशाय राखेर केरकार गरिन्छ । जुन देश जाने हो, त्यही देशका अध्यागमन अधिकारीहरुले गर्नुपर्ने चेक जाँच भारतीय विमान कम्पनीका कर्मचारीहरुबाट गरिदा नेपालीहरु अत्यन्तै अपमानित हुनु परिरहेको छ । उनीहरुको यस्तो हर्कतका अगाडी बाध्यतावस नेपाली स्वाभिमान झुकाउनु परेको महसुस धेरै नेपालीले गर्ने गरेका छन् । 

नेपालले अफगानिस्तान, घाना, जिबाम्बे, सोमालिया, एथियोपिया, सिरियालगायतका एक दर्जन मुलुक बाहेक सबै देशका लागि एयरपोर्टमै ‘अनअराइभल’ भिसा दिने गर्छ । तर, हामी भने नेपाली भएकै कारणले कहिलेसम्म भिसाको लागि तनाव झेल्नुपर्ने ? हरियो पासपोर्ट बोकेकै भरमा कहिलेसम्म हेपाइ खाइ रहनुपर्ने ?
 
नेपालीपत्रमा प्रकाशित:
 

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.