Jump to content
Sign in to follow this  
prachi

कविताहरु .... !&#3

Recommended Posts

 

कुनै न कुनै कमी छ

 

 

केही कर्तव्यहरु

निभाउदा निभाउदै

केही कर्तव्य

बिर्सन पुगिछु,

शायद

मेरै विश्वाशमा

कुनै न कुनै कमी छ ।

 

कुनै क्षण मा

कयौ अनुभूती, प्राप्ती

कुनै क्षण मा

युगौ बिती दिन्छन

शायद

हर कसैको जीवनमा

केही न केही कमी छ ।।

 

 

 

प्रीती श्रेष्ठ

कोलम्बो, श्रीलंका

6-06-2003

Share this post


Link to post
Share on other sites

 

ओ प्राची भाभी, कविताको त भकारी फोडेरै बगाएको जस्तो लाग्छ। हजुरको डोट्याल दाज्यु कता बेपत्ता हो? अती सुन्दर लेखन छ, keep it up.

हजुरको डोट्याल दाज्यु रे ??? :angry::angry::angry:दाजु होला हजुरकै, हजुरको डोट्याल दाज्यु को पनि भाभी हो म ! Anyway, thank you for your compliments!!

Share this post


Link to post
Share on other sites

 

ओ प्राची भाभी, कविताको त भकारी फोडेरै बगाएको जस्तो लाग्छ। हजुरको डोट्याल दाज्यु कता बेपत्ता हो? अती सुन्दर लेखन छ, keep it up.

हजुरको डोट्याल दाज्यु रे ??? :angry::angry::angry:दाजु होला हजुरकै, हजुरको डोट्याल दाज्यु को पनि भाभी हो म ! Anyway, thank you for your compliments!!

:D:D

 

Share this post


Link to post
Share on other sites

मेरा खुशीहरुमा

 

 

मेरा खुशीहरुमा

आकाश र ताराहरुको

पहरा छ,

थाह छैन

कुन आशामा

यो मन प्रत्यक पल

पर्खिरहेको छ,

तिम्रा नयनमा

छाई रहेको

कस्टको कसम

त्यसको र मेरो

गहिरो संबन्ध छ,

मेरा खुशी हरुमा

नदी र सागरको

पहरा छ,

थाह छैन

कुन आशामा

यो मन प्रत्यक पल

पर्खिरहेको छ।

 

 

प्रनीता शाही

अंधेरी (वेष्ट), मुम्बई

भारत.

26.07.2009

Share this post


Link to post
Share on other sites

तिमी घरबाट हिंडे पछी

 

आँखाहरुले

झरनाको रूप लिए,

मन बदलियो

मरूभूमी चर्म मा,

भावनाहरुको चक्रव्यूह

संभावनाहरुको मृत्‍यु,

खरानीको रंग सीत

अलमल्ली रहेका पलहरु,

चोटको विकराल रूप

मृत्‍युसंग लडाईं,

ढुंगा सरी मन

मैनवत्ती झै पग्लिनु,

यही मात्र रह्यो

मेरो बाँकी जीवन,

तिमी घरबाट हिंडे पछी ।

 

आयशा शाह

ग्वालियर (म. प्र.)

भारत.

Share this post


Link to post
Share on other sites

तिमी घरबाट हिंडे पछी

 

आँखाहरुले

झरनाको रूप लिए,

मन बदलियो

मरूभूमी चर्म मा,

भावनाहरुको चक्रव्यूह

संभावनाहरुको मृत्‍यु,

खरानीको रंग सीत

अलमल्ली रहेका पलहरु,

चोटको विकराल रूप

मृत्‍युसंग लडाईं,

ढुंगा सरी मन

मैनवत्ती झै पग्लिनु,

यही मात्र रह्यो

मेरो बाँकी जीवन,

तिमी घरबाट हिंडे पछी ।

 

आयशा शाह

ग्वालियर (म. प्र.)

भारत.

Thank you for joining here and wish to read more by you.

Share this post


Link to post
Share on other sites

हृदयमा पनि तिमी

 

भाग्यमा विश्वास

कसलाई छ र ?

यदी मिल्छ खुशी भने

अस्विकार कसलाई छ र ?

केही चुनौती छन

मेरा पथमा पनि,

नत्र तिम्रो बिछोडमा

यो हृदय खुशी

कहाँ छ र ?

तिमी संग भेट्ने

मिठो सपना छ,

हृदयमा तिम्रै

कल्पनाको संसार छ,

कैले कैले सोच्छु कि

यो हृदयलाई

र ति अतितका पलहरुलाई

सदैवको निम्ती जलाई दीउ,

तर फेरी सोच्छु कि

मेरो अतित तिमी

र शायद मेरो

भविष्य पनि तिमी,

हृदयमा पनि तिमी ।

 

 

प्रनिता शाही

अंधेरी (वेष्ट), मुम्बई

भारत.

31-07-2009

Share this post


Link to post
Share on other sites

सबै हुँदैनन...

 

नेत्र न हुन्थे त

"सुन्दरता"

शब्द नै हुन्थेन,

चन्द्रमा का वरिपरी

तारा हुन्थेनन,

त्यसैले

गर्छु तिम्रो खयाल,

राखेकी छु मैले

तिमीलाई हृदयमा,

त्यसैले

गर्छु तिमीलाई माया,

किनकी

हृदय भित्र

हृदय नजिक

सबै हुँदैनन ।

 

 

प्रनिता शाही

अंधेरी (वेष्ट), मुम्बई

भारत.

31-07-2009

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.