Jump to content

Devchan

Literature Gurus
  • Content Count

    26
  • Joined

  • Last visited

Community Reputation

0 Neutral

About Devchan

  • Rank
    Newbie

Previous Fields

  • First Name:
    Dev
  • Surname:
    chan
  • High School:
    N/A
  • Village/Town:
    N/A
  • District:
    N/A
  • Current University/College:
    N/A
  • Subject:
    N/A
  • Town/City:
    Currently In England.
  • Place of Birth:
    asdasd
  • Web site:
    www.nepalikavita.com
  • Gender:
    Male

Contact Methods

  • Website URL
    http://www.nepalikavita.com
  • ICQ
    0

Profile Information

  • Interests
    Music, Literature, net surf.
  1. Devchan

    Desh kata cha?

    देश कता छ ? कब्रस्तानको मौन शुन्यताजस्तै देश मसान बनेर सल्केको छ । कंकालको नाङगो नाचले सातो गएर मानिसहरु ह्रदय बिझप्त टुक्रिएर चक्नाचुर कांचझै फुटेको छ । बर्खाको उर्मीले बगाएर लगेको घोलजस्तै आजकल देश पहिरो गएर नाङ्गिएको छ। सोतर पाखाहरु सब लुछिएर रातै उजाडिएको यथार्थ उदाङ्गिएको छ । खहरे उम्लिएर बेसी झरेजस्तै आजकल देश आफै उर्लिएर मुग्लान झरेको छ । मुग्लानका सडकभरी कोही पछारिएर कोही लछारिएर एउटा भिखालुको रितो टोकरीजस्तो बनेको छ । एउटा जादुगरको छद्म चटकजस्तो देश आफै आफै जादु बनेर रमितिएको छ। युवाहरु हराउनु संबेदना घाइते हुनु मानिसको भोग दिनु। संक्रमित युवाजस्तो आक्रोसले जलेको छ देश । आजकल आजकल देश कता छ ? मुग्लानमा, मसानमा, वा मानचित्रमा ? ------------------ देवचन
  2. ए! भूलका चक्कीहरु पिएर यथार्थका तस्वीरहरु मेटाउन खोज्नेहरु हो ! सुन तिमीहरु , अब तिमीहरुले भुलका साधन होइन, यथार्थका फूलहरु रोप्नुपर्छ । यथार्थका फुलहरु भलै सुन्दर होओइनन् तथापि यथार्थ तीखो ओखतीजस्तो ध्रुव सत्य हो , यथार्थ जुन-ताराझैँ सृष्टिका अन्तिम अस्तित्व हुन । ऊ हेर ! यथार्थका चक्रहरु इतिहासका पाना पल्टाउदै छन् पत्र-पत्र खोतल्दै समकालीन परिभाषा कोर्दै छन् । भो अब ! आदर्श हामीले धेरै पढ्यौ तर यथार्थलाई रक्षानमा मिल्कायौ । त्यसैले , सूर्यकिरणमा शीतलव बिलाएझै घोसोमुन्टो लगाएर मातृ-आँचलमा लुक्नेहरु हो ! आऊ, हामी सबै मिलेर आज, मन्दिरहरुको देशमा अब ईश्वर खोजौ , जलमयी भूमीमा स्वच्छ पिउने पानी खोजै । हामी, बासस्थान होइन , घर-परिवार बनाऔ कंकालको शान्ति हिइन, प्रकृतिको शालीनता खोजौ शुत्र होइन, समाधान खोजौ । ए दिग्विजयका सन्तानहरु हो , बुझ्यै तिमीहरुले, आदर्शको पुन्जले भरीपूर्ण देशमा अब, हामी यथार्थलाई बुझौ, अब हामी, यथार्थको अजम्मरी फूल रोपौ ।
  3. Simple yet so complex. Nice poem. This poem speaks a lot of your feeling.
  4. Well, Hats off to Mild Melody.Nice piece of work. Whether it is an imaginary or it is real, for sure, the superb blend of words and some literatural touch at the beginning and at patches has made it definately a great piece of work. Sexually arousing, and phenomenal way to express the factual passion, and natural wonder. Short but an intresting out. But I have a comment. The title is natural baeuty, the fisrt part fits perfectly with the title. But in the second part, it is more of a sexual beaty rather than natural beauty, though one cannot deny the fact that sex, and the sexual outlook is a nature as well. I would have been much happier had there been some more natural feelings in this article. Keep it up!
  5. Well, if you are looking for a good lyrics with nice music background then Imagine by John Lennon ( The Beatles ) can be one of them. This is a cool song with extremly good lyrics. You may give a try for songs of Bob Dylan. He is super.
  6. ए शहर! सुन तिमी ! तिम्रा झुठका इन्फ्रारेड किरणहरु नग्न नेत्रहरुले भलै चाल नपाउन, तर पनि, भावनाका तापयन्त्रहरु, तिम्रा किरणका बाफमयी तातोपना सुकरका साथ अनुभुत गरिरहेछन । यो ठुलो शहर, आभाका झिल्काहरुमा रमरम प्रकाशले अर्ध-प्रज्जवलित शहर, भुलभुलैयाको उल्टो द्वारभित्र पस्ने अन्धो शहर, यहा, मानिसहरु जति नै सुकै आन्नदका जलप दलेर मुस्कुराउने अमिल्दो प्रयासमा तल्लिन रहुन्, विकाशका शुन्यताभित्र जति नै सुकै दम्भका लेख लेखुन्, तर पनि, मेरो मुटुको कोमलस्थानमा यो शहर शुन्य शुन्य छ, क्षतविक्षप्त कुरुप छ, सुन्दरताका आँचलभित्र लुकेको ब्याधीग्रस्त कमजोर छ । यो ठुलो शहरको अतिशयोक्तिपुर्ण अस्तित्व, तर पनि, खुम्चिएका मनहरु । अस्तु ! ---------------------------------------------- देवचन
  7. यो ठुलो शहर ! यो ठुलो शहर, निष्पट अन्धकारको मध्यप्रहर, निस्सासिदै, गलहतिदै कनिकुथी स्वास धानिरहेको दुर्बल समय, स्वप्नलीलामा आभाका तस्वीर कोर्ने सुसुप्त शहर, हो ! यो सुसुप्त शहर ! यो शहर नेत्रदर्शनको झुठो महिमाले प्रचारित शहर, हेर्दा जति नै सुन्दर होओस् देख्ता जतिनै स्थुल होओस् तर पनि यो शहर स्वल्प छ, ठेलमेल, घच्चाघमासानको मासु-बजार जस्तै । क्षणप्रभामा सारा स्खलित यो शहर, विमुढपनका नदीहरुमा उष्णस्नान गरिरहेछ । यो शहर सिँहनादजस्तै किन नगर्जियोस् , तर पनि, सिँहका खोल ओढ्ने स्याहरुको झुठो गर्जनमा हुइइइइयाया को दुर्बलाता प्रस्ट सुनिन्छ । सुक्तताका मिजासमा जति नै रमोस यो शहर, तर पनि, ठीक्क र दिक्कका घोलहरु तेल र पानीझैँ प्रस्ट छुटिन्छन । हो ! यो शहर, सजीवताका बोक्रो ओढेर सुधामयी जति नै बन्न खोजोस् तर पनि, बिषका लहराहरु अन्धाले पनि भेउ पाउछन् । बाकीँ अशं तल छ-----------------------
  8. Devchan

    swodesh

    आह! स्वदेश जिन्दगीको घोडेदौड: बफादार कुकुर बन्दै, हामी स्यालहरु खेदिरहेछौ । विद्यालय परिसर: खतरा! ल्यान्डमाइन शिक्षकहरु, आलस्यताको बारुद बिष्फोट गर्दैछन । खानेपानी धाराहरु: प्रेसर कुकरका सिट्ठीहरु हान्दैछन, ग्यांस चुहेजस्तै सुस्केरा मार्दै । आयल स्टेसन: मुनाफाका घोलहरु नाप्दैछन, दिनदहाडै ठगीका चिट्ठाहरु बेच्दै । अलकत्रे सडक: पुन: गिट्टी सडक बन्दैछन बिस्तारै, ठेकेदारका हाम पचाउदै । हरियाली आन्दोलन: रुख काटौ पैसा साटौ, हाय! हाम्रा मगजका डल्लाहरु । राजनितीको भकुन्डे खेल: लाजनितीको गोल पोष्टमा फ्रिकिक हान्दैछन, उफ्रिदैछन रडगशालाका लडगडा दर्शकहरु । स्वास्थ्य चौकी: मेटासिटका झोलहरु बाडदैछन यहां, पेटका किराहरु मार्नलाइ । ए! हेर त ! हाम्रा बिद्वानहरु, अन्धकारको कोइला खानीभित्र , काला सनग्लास लगाइरहेछन । इति श्री --------------------------देवचन (२०।मे।२००५ )
  9. बुद्ध जयन्ती आह! आज बुद्ध जयन्ती । पुर्वमा तोप नाच, पश्चीममा बारुद मेला , यसरी हुदैछन यहां जयन्ती समारोहहरु । अन्धाधुन्ध पाताल बिष्फोट , सुनियोजित तान्डव नृत्य , अनि मन्चमा बिरुप्पनको भाषण । यहांका जयन्तीहरुमा मानिस कम र बन्दुक बडी बोल्दैछन , बोली कम र गोली धेरै चल्दैछन । हाय ! स्वदेशमा निर्वासित ईश्वर बोलीमा जिवीत : कर्ममा अलप । म्युजियमका थोत्रो कबडमा मिल्किएका शन्देशका दिब्यवाणीहरु, मक्किएको दराजमा फ्याकिएका अमृतध्वनीहरुको बिचल्ली । थुक्क !! मलाई बुद्धको सन्तान भन्न लाज लागेर आउछ । रगतको अबिर , गोलीका फूलगुच्छा , र तोपका सलामी । आह ! हाम्रो बुद्ध जयन्ती ॥ ------------------------------------------देवचन ॥ (२३, मे , २००५: )
  10. १ सानो गोरेटो सिउंडीको पर्खाल घोच्छ कि कतै ? २ घरझगडा दाजुभाईको कल तान्डव जात्रा । ३ शुष्क संसार दु:खसन्तप्त मन समवेदना । --------------------देवचन ( २२/मे/२००५ )
  11. Mauka auchha parkhadaina, Bageko Khola Farkadaina. Tesailey byartha ma ashambhav kura haru ko kalpana garera ghau charkaunu hudaina...Baru hijo ko galti lai hamley madhya najar rakhdai, bholi ko barema sochnu parchha...
  12. Well, Ralfa was a साहित्यिक आन्दोलन started by Parijat and other literaturer during 2035 b.s. (I think). I amn't quite sure about the date, however, it is important to note that it was literatural movement . It is all I know about Ralfa.
  13. १ सुकेको रुख भत्किएको पर्खाल जीर्ण नेपाल । २ चोरको गल्ली सत्यको उपहास थुक्क यो जुनी ! ३ आर्लाम घन्टी बजेछ सबेरै उठू कि अब ? ४ माटोको माया उम्लेछ भलभली परदेशमा । ५ असारै याम मायाको खहरेले बगाएछ है ! ----------------------देवचन ॥
  14. okay..here is one haiku that I know..This is not mine but I heard it from a friend.. दिदीबहिनी मखमलीको फुल दाजु र भाई !!
×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.