Nepali Students Chautari: कविताहरु .... ! - Nepali Students Chautari

Jump to content

  • (3 Pages)
  • +
  • 1
  • 2
  • 3
  • You cannot start a new topic
  • You cannot reply to this topic

कविताहरु .... ! आफ्ना नयाँ è

#1 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 20 June 2009 - 04:00 AM


ईश्वरले मृत्‍यु भन्दा पहिले केही दिदैनन अ रे....

किन राखु मसी
अब आफ्नो कलममा
जब कि मनमा कुनै
उत्सुकता नै छैन,
थाह छैन किन होला
सबै संका गर्न थालेछन
जब कि
एउटा सुकेको फूल पनी
मेरो पुस्तकभित्र छैन,
ताकत त थियो
मेरो प्रेममा पनी
तर विफल रहे प्रयासहरु
किनकी
ढुंगासरी मुटु हुनेहरु
जीउको रगत र पानी
सुकी सक्ता पनी पग्लेनन,
ईश्वर यदी भेटिए भने
उनै सीत माग्नेछु
आफ्नो अपुरो प्रेम
तर सुनेकी छु -
ईश्वरले मृत्‍यु भन्दा पहिले
केही दिदैनन अ रे ।।





प्रनीता शाही
अंधेरी (वेष्ट), मुम्बई
भारत.

20-06-2009

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#2 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 20 June 2009 - 09:43 AM


एक नजर, आँसु बगाएरै भए पनी


तिमी थिएनौ
तापनी भरको ढोका
खुल्ला थियो,
आशाहरुमा बाँची रहन
केही आधार
मिलेको नै थियो,
अब त ढोका पनी
बन्द भएछ
कससंग लीउ
केही इच्छा सापटी
आफ्नै मुटुको डीलमा
राखेर आफ्नै सीर
हेर्न सकू तिमीलाई
एक नजर,
आँसु बगाएरै भए पनी ।।



प्रनीता शाही

अंधेरी (वेष्ट), मुम्बई
भारत.

27-02-2005

This post has been edited by prachi: 20 June 2009 - 09:45 AM


This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#3 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 20 June 2009 - 10:22 AM


समय

न त प्रेमी नै
न त साथीको लागि
समय रोकिदैन यहाँ
कसैको लागि,
मनलाई आफ्नो
नसजाऔं सजिलै गरी
सोच्न वाध्य हुनुछ
दुई पलको लागि,
हर कोही यहाँ
आधार खोजिरहेछन
अम्मली आफ्नो
एक्लो जीवनको लागि,
न अघी न पछी
समयको रफ्तार संग
ताल मिलाऔं
त्यही नै उत्तम छ
हर मानव का लागि ।।



प्रनीता शाही
अंधेरी (वेष्ट), मुम्बई
भारत.
10-12-2003

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#4 User is offline   Mohan Bikram Thapa 

  • Full Member
  • PipPipPip
  • View gallery
  • Group: Members
  • Posts: 280
  • Joined: 28-October 07

Posted 20 June 2009 - 11:02 AM

कबिता मन परो प्राची !
Naya Bichar from Naya Patrika
http://www.nayapatrika.com/nayabichar/
0

#5 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 20 June 2009 - 12:23 PM


दिन्छ हावाले रईबार कैले कैले

दिन्छ हावाले
रईबार कैले कैले
लिन्छौ मेरो नाम
तिमी कैले कैले,
उमँगलाई मेरो तिमीले
खुब संगसार ग-यौ
गर्छौ संझना आफ्नै सरारत
साँझ बिहान कैले कैले,
खेल अरुको भावनासँग
जती सम्म सक्छौ
तर राख ध्यानमा यती कि
ल्याउनेछ नराम्रो परीणाम
तिम्रो त्यसले कैले कैले,
संसारको भिडमा प्राय
हराइ दिने गरेकी छु
अंजान लाग्न थाल्छन
मुहारहरु लाखौं कैले कैले,
दिन्छ हावाले
रईबार कैले कैले
लिन्छौ मेरो नाम
तिमी कैले कैले !!





प्रनीता शाही
अंधेरी (वेष्ट), मुम्बई
भारत.
15-10-2003

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#6 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 20 June 2009 - 01:05 PM


एक गजल


बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !

बसन्त आको थाहै छैन हिडिसकेछ मौसम
के सुनाउ पिडा कसको यादले सतायो मलाई !

अनौठो घटना भयो तिमी संगको बिछोड
आफ्नै मुटुले आज घचघच्याइरहेछ मलाई !

मदिरा महल त उहिल्यै नै बन्द भएर गए
फेरी यो अत्तरको गन्ध कहाँ बाट आयो मलाई !

पतझड हूँ या हूँ एक विरान गल्ली
मेरै खुसीहरुले आज जलायो मलाई !

गर्छन् बन्द कसरी यहाँ आँखाहरु
एक अपरिचित छाँयाले सिकायो मलाई !

बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !



प्रनीता शाही
अंधेरी (वेष्ट), मुम्बई
भारत.
09-11-2003

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#7 User is offline   sundaraa 

  • Newbie
  • Pip
  • Group: Members
  • Posts: 11
  • Joined: 13-February 05

Posted 23 June 2009 - 07:24 AM


WOW! Kavita ra Ghazalko varshat....I like it.

Attached File(s)


This post has been edited by sundaraa: 23 June 2009 - 07:25 AM

Management is a position that is granted, leadership is a status that is earned.
0

#8 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 23 June 2009 - 11:16 AM


म किन लेख्छु ?


यस्तै केही दस वर्ष देखी
कविता लेख्तै आईरहेछु
कसैले सोधोस मलाई
कि के प्राप्त हुन्छ तिमीलाई
कविता लेखेर !

जसो भन्नु मेरो समय
अहिले केही चंद क्षण पहिले
जब केही ध्यानमा थिएन
न त कविता नै ध्यानमा
तब सँग एउटा कागत थियो
म थिए
अनी एउटा कलम थियो !

जब म लेख्न बसे
म, कागत र कलम
तीनै एक भई दियौ
तीन सुरको मिलन
एउटा कविता भई दियो
मैले कहाँ लेखें र
त्यो त आँफै भई दियो ।।




रोहित विक्रम शाही (राम डोट्याल )
अंधेरी (वेष्ट), मुम्बई
भारत.

Sep.14, 2003


QUOTE (sundaraa @ Jun 23 2009, 08:24 AM) <{POST_SNAPBACK}>
WOW! Kavita ra Ghazalko varshat....I like it.

Thank you! ओहो! आशा नै नगरेको कुरा पो भयो त आज huh.gif औसी पुर्णे को मौसम हो कि क्या हो? अनी के छ त अरु हालखबर? smile.gif

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

#9 User is offline   stylebhai 

  • Newbie
  • Pip
  • Group: Members
  • Posts: 24
  • Joined: 14-January 05

Posted 23 June 2009 - 01:16 PM


QUOTE (prachi @ Jun 23 2009, 12:16 PM) <{POST_SNAPBACK}>
म किन लेख्छु ?


यस्तै केही दस वर्ष देखी
कविता लेख्तै आईरहेछु
कसैले सोधोस मलाई
कि के प्राप्त हुन्छ तिमीलाई
कविता लेखेर !

जसो भन्नु मेरो समय
अहिले केही चंद क्षण पहिले
जब केही ध्यानमा थिएन
न त कविता नै ध्यानमा
तब सँग एउटा कागत थियो
म थिए
अनी एउटा कलम थियो !

जब म लेख्न बसे
म, कागत र कलम
तीनै एक भई दियौ
तीन सुरको मिलन
एउटा कविता भई दियो
मैले कहाँ लेखें र
त्यो त आँफै भई दियो ।।




रोहित विक्रम शाही (राम डोट्याल )
अंधेरी (वेष्ट), मुम्बई
भारत.

Sep.14, 2003

ओ प्राची भाभी, कविताको त भकारी फोडेरै बगाएको जस्तो लाग्छ। हजुरको डोट्याल दाज्यु कता बेपत्ता हो? अती सुन्दर लेखन छ, keep it up.
Medicina, la única profesión que trabaja para destruir incesantemente la razón sus el propios existencia.
0

#10 User is offline   prachi 

  • Full Member
  • Group: Literature Gurus
  • Posts: 307
  • Joined: 14-November 02

Posted 24 June 2009 - 01:36 AM


स्वभावले


पर्ख तिमी
तर बिश्राम नगर
कुनै कामले,
सिर्फ मनुष्य
या जनावरहरु
मात्रै होइनन यहाँ
हरेक वस्तुहरु
जिवीत छन, हेर!
आफ्नै कोशीश, कर्म
र प्राकृतिक स्वभावले ।

काँडा संग मित्रता
ढुंगा सँग प्रेम,
जूनुनको स्वाद
मेहनत को नशा
हिम्मतको गिलास
र सृष्टिको उपहार
अश्क मदिरा,
तिमी धर्तिमा आउनुको
एउटा सत्य तथ्य
चाहेरै पनि नकार्न नसकिने
एउटा सत्य कारण ।

स्वत: हरेकमा
केही न केही कमी छ,
मनुष्य हौ सबै
सर्व सृष्टी पिता
श्री परम प्रभुका
साधारण जनता,
र उनकै आदेश छ -
तिमी मित्रता गर
सजीव संग
निर्जीव संग
सारा ब्रम्हाण्ड का
रचनाहरु संग
तिमीले पाएको
तिम्रो आफ्नै स्वभावले ।।



प्रनीता शाही

अंधेरी (वेष्ट), मुम्बई
भारत.
23-06-2009

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.


0

Share this topic:


  • (3 Pages)
  • +
  • 1
  • 2
  • 3
  • You cannot start a new topic
  • You cannot reply to this topic

1 User(s) are reading this topic
0 members, 1 guests, 0 anonymous users